विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

लण्डन : कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ। 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ। तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ।  

गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ। अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ। युरोप र मध्यपूर्वमा पनि कम देखिएको सङ्गठनले जनाएको छ।

पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको सङ्ख्यामा वृद्धि भएको छ। ती क्षेत्रमा क्रमशः ३१ र १२ प्रतिशतका दरले मृतकको सङ्ख्यामा वृद्धि भएको देखिएको हो। 

विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन्। 

उनीहरूले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सङ्क्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन्।  

कोरोना भाइरसको महामारी अन्त्य भइसकेको नठान्न उनीहरूले ध्यानाकर्षण गराएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.