‘एमाले समाप्त पार्ने नसोचे हुन्छ’

‘एमाले समाप्त पार्ने नसोचे हुन्छ’

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए।

झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गरेका अध्यक्ष ओलीले परमादेशबाट बनेको सरकारको गतिविधिले घमण्डको सीमा नाघेको टिप्पणी गरे।‘देश बनाउने र विकास गर्नेभन्दा पनि गठबन्धनको ध्यान एमालेलाई कसरी कमजोर र धराशायी बनाउन सकिन्छ भन्नेमा केन्द्रित छ,’  अध्यक्ष ओलीले भने, ‘तर, हाम्रो बलियो जनाधार गठबन्धनले भत्काउन चाहँदैमा भत्किने खालको छैन ।’

आम निर्वाचन घोषणापछि एमालेविरुद्धको घेराबन्दी अझै कसिलो बनाउने मनसायले सत्ता गठबन्धन अगाडि बढेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षा र राजनीतिक स्थायित्वका लागि एमाले एक्लै उभिने बताए।‘कमजोरहरूलाई चाहिने हो, गठबन्धन,’ अध्यक्ष ओलीले भने, ‘हामी झुसे बारुला निले झै गठबन्धनलाई निल्न काफी छौं ।’ गठबन्धनले राजनीतिक भाषा बोल्न छोडेको बताउँदै अध्यक्ष ओलीले भने, ‘मसलको भाषा बोलेर तर्साउन खोजिरहेका छन्।गठबन्धनले राजनीतिक भाषा बोल्न छोड्यो,’ अध्यक्ष ओलीले भने, ‘यसो केही सोधिहालो भने पहिले मसल देखाउँछ।यस्तो पनि दलीय चरित्र हुन्छ ?’ 

नागरिकता विधेयकको नाम नलिई एमाले अध्यक्ष ओलीले राष्ट्रपतिद्वारा संसद्लाई पठाइएको पत्र चार मसलेहरूले नखोल्नु भनेर आदेश दिएको दाबी गरे।सरकारी कार्यशैली र गठबन्धनको अहमले मुलुक टाट पल्टिने अवस्थामा पुगेको भन्दै ओलीले सत्ता गठबन्धनकै हातमा भए देश समाप्तिको बाटोमा जाने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.