अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता सम्मेलन गर्ने

अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता सम्मेलन गर्ने

विल्मिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्। सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा 'राष्ट्रको आत्मालाई निको पार्ने' अभियान रहने बताइएको छ।

ह्वाइट हाउसले सोबारे शुक्रबार घोषणा जानकारी दिँदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई  बलियो बनाउन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ।

एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्कॉन्सिन लगायत शहरहरूमा घृणा-सञ्चालित हिंसालाई न्युनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ। 

गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसाविरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए। सो सम्मेलनले  घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेद्को अन्त्यका लागि उबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.