साउदीमा री–ट्विट गर्दा ३४ वर्ष जेल

साउदीमा री–ट्विट गर्दा ३४ वर्ष जेल

दुबई (एपी) : ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले विद्यावारिधीका एक जना विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ। बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानरत सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई री–ट्विट गरेको आरोपमा जेल सजाय सुनाइएको हो।

साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ। त्यसको विश्वव्यापी रूपमा निन्दा भएको छ। वासिङटनस्थित मानव अधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार उनी बिदा मनाउन स्वदेशमा थिइन्। बेलायत फर्कने बेला गत वर्ष जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो।

एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई २ सय ८५ दिनभन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन्। फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसंख्यकको सदस्यको रूपमा वर्णन गरेको छ। जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थित रूपमा भेदभाव गरेको गुनासो गरेको छ। मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र सुनाइएको सजाय ‘क्रुर एवं गैरकानुनी’ भएको भन्दै आलोचना गरेको छ।

न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन्। आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोष्ट गरिएका उनका विषयवस्तुले झुटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ। उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र री–ट्विट गरेको आरोप लगाइएको छ।     

दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र री–ट्विट गर्नु र उनीहरूका दृष्टिकोण नियाल्नु आतंकवाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन्। विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेस गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.