मलेसियाका पूर्वप्रधानमन्त्री रजाक जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक जेल चलान

मलेसिया (बीबीसी) : मलेसियाका पूर्वप्रधानमन्त्री ६९ वर्षीय नजिब रजाक भ्रष्टाचार प्रकरणमा १२ वर्षका लागि जेल चलान भएका छन्। उच्च अदालतले उनको पुनरावेदन खारेज गरिदिएको छ।

अदालतले उनलाई सन् २०२० जुलाईमा सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना गरेको अभियोगमा दोषी ठहर गरेको थियो। नजिब पुनरावेदनपछि जमानतमा रिहा भएका थिए। उनले आफूविरुद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न माग गरेका थिए।

उनी विभिन्न सातवटा अभियोगमा दोषी देखिएका थिए। मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिंगिट रकम थियो। जुन एसआरसी इन्टरनेसनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो। एसआरसी वानएमडीबीको पूर्वएकाइ थियो। 

अदालतले उक्त प्रकरणमा १२ वर्ष जेल सजाय र २१ करोड रिंगिट जरिवाना सुनाएको थियो। उनका कानुन व्यवसायीले निजी खातामा पठाइएको रकम सरकारी कोषको नभई साउदी राजपरिवारका तर्फबाट दानमा आएको भनी विश्वास दिलाइएको दाबी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.