अमिताभ बच्चनलाई फेरि कोरोना संक्रमण
नयाँ दिल्ली : बलिउड अभिनेता अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । यो जानकारी उनले नै ट्वीटमार्फत दिएका हुन् ।
अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन्, 'म कोरोना संक्रमित भएँ। जो मेरो सम्पर्कमा आउनुभएको छ कृपया आफ्नो परीक्षण गराउनुहोस्।'
अमिताभ बच्चनलाई यसअघि सन् २०२० को जुलाईमा पनि कोभिड भएको थियो । त्यसबेला उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । त्यतिबेला उनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राई पनि कोरोना संक्रमित भएका थिए ।