मोदी सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

मोदी सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने भएका छन्। भारतीय सरकारी स्रोतका अनुसार जापान सरकारले सेप्टेम्बर २७ मा तय गरेको आबेको राजकीय अन्त्येष्टि समारोहको दिन मोदी सहभागी हुने भएका हुन्।

टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ । 
 

सन् २०१८ मा प्रधानमन्त्री मोदीले जापानको औपचारिक भ्रमण गरेका थिए। सो बेलामा आबेले भारतीय समकक्षी मोदीसँग  यामानाशी प्रान्तस्थित आफ्नो घरमा भेटेका थिए। गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जाँदा पनि भारतीय प्रधानमन्त्री मोदीले आबेलाई भेटेका  थिए। 

जापानी पूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उनी होसमा भएपनि उपचारका लागि लाँदै गर्दा उनको अवस्था गम्भीर बन्दै गएको थियो । त्यही दिन स्थानीय अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । 

आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो ।  सेप्टेम्बर २७को आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि जापानमा पूर्व प्रधानमन्त्रीका हैसियतमा हुने दोस्रो राजकीय अन्त्येष्टि हुनेछ ।  सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो ।  रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.