युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा रुसको रकेट आक्रमण : २२ जनाको मृत्यु, ५० घाइते

युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा रुसको रकेट आक्रमण : २२ जनाको मृत्यु, ५० घाइते

किभ : युक्रेनले आफ्नो एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र लगभग ५० जना घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो ।

आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको हो। त्यहाँ एक गाडीमा सवार पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक ११ वर्षीय बालक पनि थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको बीचमा आक्रमणको बारेमा जानकारी दिए। यस आक्रमणमा करिब ५० जना घाइते भएको उनले बताए । रुसले भने सो हमलाको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

रुसले नागरिक बस्ने ठाउँमा आफूहरुले आक्रमण नगरेको बताउँदै आएको छ । 

जेलेन्स्कीले सुरक्षा परिषद्को बैठकमा बोल्ने तयारी गर्दै गर्दा च्याप्लिनको आक्रमणबारे थाहा पाएको बताए।  अहिले चारवटा बोगीमा आगो लागेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने उनले बताए । यसअघि अप्रिलमा पनि एउटा रेलवे स्टेशनमा हमला भएको थियो, जसमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

युक्रेनी जनताले बुधवार स्वतन्त्रता दिवस मनाइरहेका थिए। राष्ट्रपति जेलेन्स्कीले यसअघि नै उत्सवमा रुसले वाधा पुर्‍याउन आक्रमण गर्न सक्ने भन्दै सजग रहन र भीड नगर्न आह्वान गरेका थिए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.