साहित्यकार न्यौपानेको भृकुटी काव्य प्रकाशित

साहित्यकार न्यौपानेको भृकुटी काव्य प्रकाशित

बेंसीसहर : लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले ऐतिहासिक काव्य 'भृकुटी' प्रकाशित गरेका छन्। 

१२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ। २०४८ सालमा 'छली' सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा कृतिकारका रूपमा छाएका न्यौपानेले ३१ वर्षपछि आफ्नो दोस्रो कृति प्रकाशन गरेका हुन्।

'भृकुटी' काव्य राजकुमारी भृकुटीको जीवनगाथासँग सम्बन्धित छ। नेपाली ऐतिहासिक नारी भृकुटीका विषयमा काव्य निर्माण गरेर कवि श्रीकृष्णले एकातिर नारीप्रति सम्मान गरेका छन्। काव्यात्मक रसमा आदर्श नारी भृकुटीको जीवनगाथा बुझ्न सकिने साहित्यकार श्रीकृष्ण न्यौपानेले बताए। 

यस कृतिमा भृकुटीलाई महान् ऐतिहासिक नारीका रूपमा सिद्ध गर्न खोजिएको छ। कृति भृकुटीसँग सम्बन्धित भएपनि बाह्य इतिहासमा धेरै चर्चामा नआएका पात्रलाई पनि यहाँ भूमिका दिइएको छ। 

अनामी, सुधा, रमा वीरकाजी आदि पात्र इतिहासमा नभेटिएपनि यस कृतिमा समेटिएका छन्। रमा स्वयम् भृकुटीको वास्तविक नाम हो। 

उनी सोलुबाट काठमाडौं बसाइँ सरेका शेर्पा परिवारकी छोरी भएको र उनलाई फकाएर कैलाशकुट भवनमा लगेर अंशुबर्माकी छोरीको रूपमा राखेपछि उनी भृकुटी बनेको तथ्य यहाँ उजागर भएको गरिएको छ। समग्रमा काव्यले भृकुटीलाई उच्च कोटीकी राष्ट्रिय विभूतिका रूपमा चिनाएको छ। 

छन्द बचाउ अभियानका संस्थापक एव कवि माधव वियोगीले विविध छन्दको प्रयोगले यसलाई खण्डकाव्य हुन नदिएको बताए। 

उनले यस काव्यमा महाकाव्यका केही लक्षण देखिए पनि विषयको विस्तारीकरण र श्लोक संख्या लगायतले यसलाई महाकाव्य हुनबाट रोकेकाले लेखकले यसलाई काव्य मात्र भनेर आफ्नो शास्त्रीय प्रतिष्ठा र नैतिक अनुशासनलाई जोगाएको बताउँछन्।

साहित्यकार न्यौपानेले यसअघि विपासना महाकाव्यसहित दर्जनौँ काव्य, शास्त्रीय गजलहरूको संग्रह, गीतिकाव्य तथा फुटकर कविता प्रकाशनको चरणमा रहेको बताएका छन्। 

छन्द साहित्यमा साधनारत न्यौपाने पिङ्गल छन्द प्रतिष्ठान नेपालको अध्यक्ष समेत हुन्। उनी छन्द संरक्षणको अभियानमा क्रियाशील छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.