वीरगन्जदेखि दिल्लीसम्म पैदलयात्रा

वीरगन्जदेखि दिल्लीसम्म पैदलयात्रा

वीरगन्ज : वीरगन्जका युवा शेख मुन्नाले दिल्लीसम्म पैदलयात्रा गरेका छन्। नेपाललाइ विश्वमा चिनाउन भन्दै उनले १०६० किलोमिटर पैदलयात्रा गरेका हु्न्। 

वीरगन्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न उनलाई २२ औं दिन लागेको छ। उनले दिल्लीको इण्डिया गेटमा पुगेर आफ्नो यात्रा पूरा गरेका छन्। 

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले गत साउन २२ गतेदेखि यात्रा सुरु गरेका थिए।

२४औं दिनमा दिल्ली पुग्ने घोषणा गरे पनि शेख मुन्नाले दुई दिन अगाडि नै यात्रा पूरा गरेका हुन्। 

नेपाल र भारतको राष्ट्रिय झण्डासहित आइतबार दिल्लीको इण्डिया गेटमा पुगेका शेख मुन्नालाइ नेपाल भारत विश्व विकास फोरमका सभापति मधुरेन्द्र जयसवाल, गोर्खा टाइम्स पत्रिकाका पत्रकार इन्द्र कोमल, शेख अताउलका साथै दिल्लीस्थित नेपाली युवाले स्वागत र सम्मान गरेका छन्। 

आइतबार दिल्लीको इण्डिया गेटमा पुगेर सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै शेख मुन्नाले देशका लागि आफ्नो कीर्तिमानी यात्रा सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा सम्पूर्ण नेपालीलाई धन्यवाद ज्ञापन गरेका छन्।

उनले आफ्नो पैदलयात्राले नेपाललाइ विश्व चिनाउन थप मद्दत गरेको तथा नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्धलाई अझ मजबुत बनाउन टेवा पुगेको बताएका छन्।   
  
नेपाललाई विश्वव्यापी चिनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल भारतको रोटीबेटि एवं जनजनको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ आफूले यो पैदलयात्रा गरेको उनको भनाइ छ।

वीरगन्जबाट साउन २१ गते नेपाली पोशाकमा सजिएर बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद, बुलेन्दसहर हुदै दिल्ली पुगेका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.