पाँचथरमा संघ र प्रदेश 'क' कांग्रेसले लिन्छ : सहमहामन्त्री आङ्देम्बे

पाँचथरमा संघ र प्रदेश 'क' कांग्रेसले लिन्छ : सहमहामन्त्री आङ्देम्बे

फिदिम : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पाँचथरमा संघ र प्रदेश सभा 'क' को टिकट कांग्रेसले लिने बताएका छन्। 

नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संघ र प्रदेश सभा 'क' मा कांग्रेसको दाबी रहेको बताए। 

'गठबन्धनका अन्य दलहरुलाई पनि हामीले मिलाउनुपर्ने हुन्छ,' आङ्देम्बेले भने 'प्रतिनिधिसभा सदस्यका लागि पाँचथरमा गठबन्धनका अन्य दलको दावी पुग्दैन। 

स्थानीय तहको मत परिणामका आधारमा प्रदेश सभा 'क' मा कांग्रेसले छाड्दैन।' प्रदेश सभा 'ख' को टिकट नेकपा माओवादीले पाउने आङ्देम्बेको संकेत थियो। 

प्रतिनिधि सभा सदस्यका लागि देशभरबाट कांग्रेसले सय सिट लिने उनको भनाइ छ। 'कांग्रेसको दावी सय सिटमा छ,' उनले भने 'पार्टीभित्रको संवेदनशीलतालाई हेरेर सिट संख्या बाँडफाँट हुन्छ।'

राष्ट्रिय राजनीतिका विषयमा कुरा गर्दै उनले स्थिर सरकारका लागि गठबन्धनको आवश्यकता रहेको बताए। 'कांग्रेससँग एक्लै चुनाव लड्ने क्षमता छ,' उनले भने 'दिगो विकास र स्थिरताका लागि गठबन्धन गरेका हौँ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.