मुस्ताङमा शैक्षिक आन्दोलनमा ऐक्यवद्धता, तत्काल विद्यालय बन्द नहुने

मुस्ताङमा शैक्षिक आन्दोलनमा ऐक्यवद्धता, तत्काल विद्यालय बन्द नहुने

जोमसोम : हिमाली जिल्ला मुस्ताङका विद्यालयहरू तत्काल बन्द नहुने भएको छ। 

नेपाल विद्यालय कर्मचारी परिषद्ले न्यून पारिश्रमिकमा खटिएका वैतनिक कर्मचारी (विद्यालय सहयोगी, बालविकास सहजकर्ता र लेखापाल) कर्मचारीहरूको उपयुक्त तलब वृद्धिको माग गर्दै भदौ १ गतेदेखि आन्दोलन गरिरहेको छ। 

तर, मुस्ताङका शिक्षकका पेशागत संघ संगठनहरूले उक्त आन्दोलनप्रति एक्येवद्धता जनाए पनि तत्काल विद्यालय नगर्ने जनाएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघका पेशागत प्रतिनिधिले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषदको आन्दोलनमा ऐक्यावद्धता जनाएका छन्।

सरकारले आर्थिक वर्ष २०७९/०८०को बजेटमा सबै राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरेपनि सबैभन्दा न्यून पारिश्रमिकमा काम गरिरहेका विद्यालयका कर्मचारीको तलब वृद्धि गर्न नसक्नु राज्यले अन्यायपूर्ण व्यवहार गरेको ठहर गरेको छ। 

विज्ञप्तिमा यसअघि न्यून पारिश्रमिकमा काम गरिहेका कर्मचारीहरूको तलव वृद्धि गर्ने सम्झौता र अदालतको फैसला वर्षौसम्म कार्यान्वयन गर्न सरकारले चाँसो नदिएको भन्दै विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा मुस्ताङका शिक्षक पेशागत संघ/संगठनले एक्यावद्धता जनाएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भेषराज बास्तोलाले जानकारी दिए।

मुस्ताङका शिक्षक पेशागत संघ/संगठनहरूले कोरोना कहरले तहसनहस पारेको विद्यालय शिक्षाले भर्खरै गति लिन थालेको र हिमाली जिल्ला मुस्ताङमा शैक्षिक सत्र २०७९ को ७ महिना मात्र रहने स्पष्ट पारेको छ। मुस्ताङमा जेठबाट नयाँ शैक्षिक सत्र सुरु भई मंसिर महिनामा अन्त्य हुन्छ। 

मुस्ताङको भौगोलिक अवस्था र हिमाली शैक्षिक सत्रलगायतका कारणले तत्काल विद्यालय बन्द गर्ने अवस्था नरहेको र न्यून पारिश्रमिकमा काम गर्ने विद्यालयका वैतनिक कर्मचारीको माग सम्बोधन नहुने अवस्था रहेमा अप्रिय कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भेषराज बास्तोलाले न्यून पारिश्रमिकमा काम गर्ने विद्यालय सहयोगी, बालविकास सहजकर्ता र लेखापाल)को तलब सरकारले अबिलम्व वृद्धि गर्नुपर्ने बताए। 

उनले माग सम्बोधन नहुने अवस्था आएमा कठोर निर्णय लिने उनले जानकारी दिए। मुस्ताङका ५ स्थानीय तहमा ३५ सामुदायिक विद्यालय छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.