कोरोना संक्रमण :भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

कोरोना संक्रमण :भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

नयाँदिल्ली : भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ। 

भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा ९४३६ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १५७ जनाको मृत्यु भएको छ। 

भारतमा हाल ८६५९१ जना सक्रिय संक्रमित छन्। संक्रमणका नयाँ बिरामी थपिएसँगै  देशभर कोभिड-१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख आठ हजार १३२ पुगेको छ। 

यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा २७० जना नयाँ संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ। शनिबार त्यहाँ २९० जना नयाँ संक्रमित थपिएका थिए। 

पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या ३०५७४ पुगेको छ। सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन्। एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ। 

यसैबीच, मलेसियामा कारोना लागेर पाँच जनाको मृत्यु भएको तथा २४९१ जना नयाँ बिरामी थपिएका छन्। शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३४५०८ जना सक्रिय संक्रमित रहेका बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.