झोलुङ्गे पुल बनेसँगै आवतजावतमा सहज

झोलुङ्गे पुल बनेसँगै आवतजावतमा सहज

विराटनगर : मोरङको जाहदा गाउँपालिकाको वडा नम्बर ३ चारै तिरबाट जुडी खोलाले घेरिएको छ। सामान्य वर्षा हुँदा पनि एक टोलबाट अर्को टोल पुग्न खोला तर्नुपर्छ।

खोला तर्न नसक्नेले आधा किलोमिटर बाटाको दूरी पार गर्न चारदेखि पाँच किलोमिटर अर्को बाटो हिँड्नुपर्ने बाध्यता थियो। 

तर साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै  आवतजावत गर्न सहज भएको छ।

जहदा गाउँपालिका-३ का वडाध्यक्ष अनिल कुमार ठाकुरले प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयसँगको सहकार्यमा वडाकै ववनटोली र जयरामपुरको बीचमा पर्ने जुडी खोलामा झोलुङ्गे पुल निर्माण गर्दा घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्टिएको छ। 

७३ वर्षीय सरुपलाल मलाहले झोलुङ्गे पुल बनेपछि आधा दर्जन बस्तीका करिब पाँच हजार व्यक्तिलाई आवतजावत गर्न सहज भएको बताए।

लामो समयदेखि पुल नहुँदा १० मिनेटको बाटो तय गर्न घुमेर जादाँ घण्टौं लाग्ने गरेकामा अब सो उनले बाध्यता हटेको बताए। 

सामान्य पानी पर्दा पाँच फिटभन्दा बढी पानी हुने र खोलामा पुल नहुँदा आवतजावत नै बन्द हुँदै आएको स्थानीय नारायण कामतले बताए। 

स्थानीय बासिन्दाले खोलामा तर्नुपर्ने समस्याबाट मुक्ति पाएको  वडाध्यक्ष अनिलकुमार ठाकुरले बताए। २५ मिटर झोलुङ्गे पुल ३६ लाखको लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिए। 

'सो खोला पुल बनेपछि स्थानीयले खुशी मनाएका छन,' उनले भने 'बाढीले आएको बेला आवतजावत गर्न कठिन हुने गरेको थियो।'  

पुल बनेसँगै दुवै बस्तीसँगै बिहारको सुनरीमण्डसहित सीमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीया लगायतका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ।  

प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा आरसीसी पुल निर्माण समेत सुरु भएको छ। २२ मिटरको सो पुल दुई करोड ३६ लाखको लागतमा निर्माण अघि बढेको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.