धनगढीका स्वतन्त्र मेयर हमालले सार्वजनिक गरे ४२ उपलब्धि

धनगढीका स्वतन्त्र मेयर हमालले सार्वजनिक गरे ४२ उपलब्धि

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रुपमा मेयर जितेका गोपाल हमालले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। मंगलबार उपमहानगरकै सभाकक्षका पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले सय दिनमा ४२ वटा महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेका हुन्।

उनले सबैभन्दा बढी उपलब्धिमूलक वडा स्तरीय विषेशज्ञ स्वास्थ्य क्लिनिक रहेको जिकिर गरेका छन्। धनगढी उपमहानरपालिकाले साउन १ गते देखि धनगढीका १९ वटै वडामा क्यालेन्डर बनाएर वडास्तरीय विषेशज्ञ चिकित्सकसहितको वडा क्लिनिक सुरु गरेको थियो।

एक जना स्त्रीरोग विषेशज्ञ र एक जना फिजिसियन चिकित्सक, अल्टासाउण्ड र रगत दिशापिसाव जाँचसहितको सेवा प्रत्येक वडामा महिनामा एक दिन सञ्चालन भइरहेको छ।

वडा क्लिनिकमा डेढ महिनाको अवधिमै ६ हजार ४७५ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ। वडा क्लिनिकमा छनोटमा परेका १७ जना जेष्ठ नागरिकको आँखाको मोतियाविन्दको सल्यक्रियासमेत गरिएको छ।

वडा क्लिनिकका लागि दुई जना चिकित्सकको मासिक तलब भाटभटेनी सुपर मार्केटले व्यहोर्ने सम्झौता भएको छ भने विभिन्न निजी क्षेत्रबाट सो वडा क्लिनिक सञ्चालनका लागि १० लाख १५ हजार रकम सहयोग प्राप्त भएको छ।

उपमहानरले फोहरमैला ब्यवस्थापनका लागि एकजना विषेशज्ञ नियुक्त गरी वालिङ र सुर्खेतको मोडेलमा फोहरमैला ब्यवस्थापनको सुरुवात गरेको जनाएको छ। फोहोरमैला ब्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याएर राखिदिन जनचेतनाका लागि विद्यालय स्तरमा जनचेतना फैलाउन सम्झौता भएको जनाएको छ।

त्यस्तै उपमहानगरले तेस्रो उपलब्धिका रुपमा धनगढीका खोलानालामा अतिक्रमण हटाउने कार्यलाई राखेको छ। मेयर हुने वित्तिकै हमाले धनगढीमा अतिक्रमणका कारण प्राकृतिक बहाव अवरुद्ध भएका खोलानाला सफाईको काम सुरुवात गरेका थिए। उनले खोला नाला मिचेर बनाइएका संरचना पनि भत्काएका थिए।

धनगढी उपमहानगरले हालै ट्राफिक चोकदेखि क्याम्पस चोकसम्मका संरचना हटाउन निकालेको सूचना पनि महत्वपूर्ण उपलब्धि भनेको छ। यो धनगढी नगरको मुख्य बजार क्षेत्र हो। उसले, भदौ १३ गते दुई महिनाको समय सीमा तोक्दै मुख्य बजारको तोकिएको ३० मिटरको क्षेत्र खाली गर्न सूचना जारी गरेको छ।

धनगढी उपमहानगरपालिकाले सेवाग्राहीका गुनासाका लागि ह्वाट्सएप नम्बर जारी गरेको छ। उक्त नम्बरमा आएका १५ सय गुनासाको सुनवाई भएको पनि उसले आफ्नो उपलब्धि मानेको छ। महानगरको कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण सुरु गरेको, छाडा पशुचौपायाका लागि दुई स्थानमा ब्यवस्थापनको ब्यवस्था गरेको, मेयर पदेन सदस्य रहने धनगढी नगर विकास समितिको तलबभत्ता खाने नियम खारेज गरेको, पहुँचका आधारमा तोकादेशबाट कर्मचारी भर्ना गर्ने परिपाटी अन्त्य गरेको कुराहरु एकसय दिनका उपलब्धि भनेको छ।

धनगढीमा पुराना योजना सम्पन्न नगर्ने निर्माण ब्ययवसायीबाट कार्ययोजना माग गरेको र त्यो योजनाअनुसार काम नगर्नेलाई कालो सूचीमा राखेर कारबाही गर्ने निर्णय गराएको, बृक्षारोपण गरेर हरित सहर बनाउने कार्य सुरु गरेको, विद्युत खानेपानी टेलिफोनका समस्या समाधानका लागि समन्वय गरेको, कैलालीको मुख्य बजार कालोपत्रे गर्नका लागि डीपीआरको सुरुवात गरेको, कर्मचारी र प्राविधिकहरुले पाउँदै आएको अतिरिक्त भत्ता खारेज गरी कार्यसम्पादनका आधारमा मात्र दिने निर्णय गरेको कुराहरु पनि एक सय दिनमा उपलब्धिका रुपमा राखिएका छन्।

पहिलोपटक धनगढी उपमहानरको पाँच वर्षे आवधिक योजना बनाएको, भूमहीन सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि जग्गा नापजाँच सुरु गराएको, हरेक वडाको नाली सफा गरी पानी जम्ने कार्य कम गराएको, नगरका प्रत्येश शाखाहरुलाई १५-१५ दिनमा प्रगती विवरण सार्वजनिक गर्न लगाएको, कार्यपालिका बैठक र अरु बैठकमा मिनरल वाटर किन्न बन्द गराएको र कर्मचारीहरुको इहाजिरी सुरुवात गराएको कुरा नगरपालिकाले सय दिनको कार्यकालमा गरेको जनाएको छ।

कार्यक्रममा मेयर हमालले सय दिनको प्रगति पेस गरेका थिए भने उपमेयर कन्दकला रानाले महिला पछाडि परेका समुदायका लागि अझै नगरपालिकाले धेरै काम गर्नुपर्ने बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.