युरोपमा घट्दै मंकीपक्स संक्रमण

युरोपमा घट्दै मंकीपक्स संक्रमण

कोपेनहेगन (एएफपी) : विश्व स्वास्थ्य संगठनले युरोपमा मंकीपक्स संक्रमणको घटना घट्दो क्रममा रहेको र ‘सही दिशामा’ अघि बढिरहेको भन्दै यसले नियन्त्रणका निम्ति ‘उत्साहजनक’ संकेतहरू देखिएको जनाएको छ। 

‘फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशमा प्रकोप सुस्त हुन सक्ने प्रमाणका रूपमा प्रारम्भिक संकेतहरू देखिएका छन्। जुन उत्साहजनक छन्’, युरोपका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘यो सही दिशामा गइरहेको छ।’ यद्यपि उन्मूलनतर्फ अघि बढ्नका लागि तुरुन्तै प्रयासलाई दोब्बर बनाउनुपर्ने उनले बताए।

रूस र मध्यएसियाका देशहरूसमेत गरी डब्ल्यूएचओ युरोप क्षेत्रका ५३ देशमध्ये ४३ वटामा २२ हजारभन्दा बढी मंकीपक्सका घटना दर्ता भएका छन्। जुन विश्वभरका केसहरूको एक तिहाइभन्दा बढी हो। गत हप्ता डब्ल्यूएचओले लगातार चार साताको वृद्धिपछि विश्वव्यापी नयाँ केसमा २१ प्रतिशत गिरावट आएको रिपोर्ट गर्‍यो। 

युरोपमा भाइरसको फैलावट नियन्त्रणका निम्ति डब्ल्यूएचओले निगरानी, लक्षित खोप, सम्पर्क केसको पहिचान र पुरुष समलिंगी समुदायलगायतसँग नियन्त्रणका उपाय जारी राख्न आग्रह गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.