सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन

शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ। उनको ९१ वर्षको उमेरमा निधन भएको हो।

उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा थिए ।

गोर्बाचेभले आफ्नो समयमा दुईवटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्यो। यी 'ग्लासनोस्ट' अर्थात अभिव्यक्ति स्वतन्त्रता  र 'पेरेस्ट्रोइका' अर्थात पुनर्गठन थिए।

अभिव्यक्ति स्वतन्त्रताको नीति पछ्याउँदै सोभियत संघमा जनतालाई सरकारको आलोचना गर्ने अधिकार प्राप्त भयो। यो पहिले कहिल्यै कल्पना नगरेको कुरा थियो।

मिखाइल गोर्बाचेभ सन् १९८५ मा सोभियत संघका राष्ट्रपति निर्वाचित भएका थिए। यसपछि उनले विश्वका लागि सोभियत संघमा विकास गर्न ढोका खोलिदिए। फलस्वरुप ठूलो परिमाणमा धेरै सुधारहरू भयो।

तर यिनै सुधारले सोभियत संघ विघटनको नेतृत्व गर्यो। उनले कयौं प्रयास गर्दा पनि जोगाउन सकेनन्। त्यहींबाट आधुनिक रूसले जन्म लियो। बीबीसी 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.