दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाखको पुरस्कार

दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाखको पुरस्कार

नयाँ दिल्ली : भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए)ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उनी निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयुक्त राष्ट्रसङ्घ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ घोषित गरेको र भारतको गैरकानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचिकृत दाउद इब्राहिमले डीकम्पनी नामको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल चलाइरहेका छन्।'

विज्ञप्तिमा भनिएको छ, ’इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतङ्कवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक संगठन सञ्चालन, सम्पत्ति शुद्धिकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृतरूपमा कब्जा र आतङ्कवादी धन सङ्कलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्नेजस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर-ए-तैएबा, जैश-ए-मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन्।'

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिश्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.