हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु

हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ। 

हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका-५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका-९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो। 

वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आक्रमण गरेको प्रहरीले जनाएको छ। 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाएको र  उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको डीएसपी पाठकले बताए। 

चार दिन अघि मात्र जंगलीको हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका-१ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृत्यु भएको थियो 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.