स्वास्थ्यकर्मी फेंजो गुरुङले खिचेको फोटो गण्डकी प्रदेशमै सर्वोत्कृष्ट

स्वास्थ्यकर्मी फेंजो गुरुङले खिचेको फोटो गण्डकी प्रदेशमै सर्वोत्कृष्ट

जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ सुर्खाङ स्वास्थ्य चौकीमा कार्यरत फेंजो गुरुङले खिचेको फोटो गण्डकी प्रदेशमा सर्वोत्कृष्ट भएको छ। 

स्वास्थ्यकर्मी गुरुङले खिचेर शनिबार गण्डकी प्रदेशको आधिकारिक फेसबुकमा अपलोड गरिएको फोटो सर्वोत्कृष्ट भएको हो। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/०७९मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षामा गण्डकीका १० जिल्लालाई पछि पार्दै उनको फोटो पहिलो भयो। 

लोघेकर-३ सुर्खाङका स्वास्थ्यकर्मी गुरुङले गाउँघर क्लिनिकमा स्वास्थ्य सेवा दिँदै गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गराएका थिए। उक्त फोटो गण्डकी प्रदेशमा सर्वोत्कृष्ट घोषित भएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ।

फोटोमा उपल्लो मुस्ताङमा परम्परागत ढुङ्गा र माटोले बनेको पुरानो शैलीको भवनको भित्री स्थानमा स्वास्थ्य सेवा दिँदै गरेको विषय छ।

फोटोमा चार महिला, दुई पुरुष र एक स्वास्थ्कर्मी महिला देखिन्छ। महिला स्वास्थ्यकर्मीले पुरुषलाई भ्याक्सिन लगाउँदै गरेको फोटो फेंजो गुरुङले खिचेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.