जसपा अध्यक्ष उपेन्द्र यादव मोरङ-५ बाट पनि सिफारिस

जसपा अध्यक्ष उपेन्द्र यादव मोरङ-५ बाट पनि सिफारिस

विराटनगर : मधेश आन्दोलनको आधारभूमि रहेको मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट जनता समाजवादी पार्टीको राष्ट्रिय अध्यक्षसहित जिल्ला अध्यक्षको नाम सिफारिस भएको छ।

संविधान सभाको निर्वाचनमा अध्यधिक मत ल्याएर विजय भएका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहित जिल्ला अध्यक्ष राजकुमार यादवलाई प्रतिनिधिसभामा सर्वसम्मतले सिफारिस गरिएको हो।

जनता समाजवादी पार्टी नेपाल मोरङ निर्वाचन क्षेत्र नं ५ को विस्तारित बैठकले जनक लाल चौधरी को अध्यक्षतामा ३१ सदस्य क्षेत्रीय समिति पुनर्गठन गर्दे उम्मेदवारहरूको नाम सिफारिस गरेको जसपाले जनाएको छ।

प्रदेशतर्फ ५ को (क) मा पन्ना लाल मण्डल, प्रमोद शर्मा, प्रकाश कुमार मण्डल, बिमला साह सिफारिस भएका छन्। 

प्रदेश सभाको (ख) तर्फ स्वास्थ्य मन्त्री  जयराम यादव, मंतलाल यादव, दिनेश साह, अमृत महतो, बिनीता सिंह सिफारिस भएका हुन्।

नेता राजकुमार यादवले पार्टीको प्रदेश उपाध्यक्ष र मोरङ जिल्ला अध्यक्षको जिम्मेवारी बहन गर्दै आएका छन्।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवारी दिन मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रस्ताव आएकामा सम्मान स्वरूप मोरङबाट पनि सिफारिस गरिएको बताइएको छ।

मोरङ अध्यक्ष यादवले केन्द्रीय अध्यक्ष यादव मोरङ ५ बाट नै उठ्ने निर्णय गरे आफू जिताउन खटिने बताए। 

विजय गराउन कुनै कसर बाँकी नराख्ने उनले बताए। राजकुमार यादवले मधेश आन्दोलनमा अग्रपंक्तीमा खटिने नेताका रूपमा आफ्नो पहिचान स्थापित गरिसकेका छन। 

२०६२/६३ को मधेश आन्दोलनको बेला सक्रिय रूपमा आन्दोलनमा होमिएका यादव कयौं पटक पक्राउ परेर यातनासमेत पाएका थिए। पार्टी र जनताको सेवामा निरन्तर खटिने जुझारु नेताका रूपमा चिनिने यादव क्षेत्रबासी जनतासँग नियमित प्रत्यक्ष सम्पर्कमा रहँदै आएका छन्।  
 
स्वास्थ्यमन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा संघीय सांसदमा निर्वाचित भएका थिए। मन्त्री यादव २०७४ को प्रदेश सभा निर्वाचनमा ५ (ख) बाट प्रदेशसभामा निर्वाचित भए।

२०६४ को संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली कांग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए।

२०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ छवटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ। मोरङ क्षेत्र नम्बर ५ मा यसअघि २०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए।

सो समयमा मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए। तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जसपाका राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए। 

उता जसपाका संसदीय दलका नेता एवंम् प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवले निर्वाचन क्षेत्र नम्बर ५ कुनै हालतमा नछोड्ने बताए। 

उनले गठबन्धनमा सैद्धान्तिक सहमति नभए एक्लै निर्वाचनमा होमिने बताए। गठबन्धन गर्दा प्रमुख चार दलबीच व्यवहारिक जनआधारमा सिट बाँडफाँट गर्नुपर्ने बताए। 

उनले पार्टी संगठन र कार्यकता जोगाउन पनि निर्वाचन क्षेत्र ५ नछोड्ने दावी गरे। गठबन्धन गर्दा एकै निर्वाचनको चुनाव चिह्न हुनुपर्ने बताए।

मतदातामा क्रस मतदान गर्न अलमलमा पर्ने भएकाले प्रतिनिधि सभा र प्रदेश सभामा एकै चिह्न राखेर गठबन्धनबाट अघि बढ्नुपर्ने बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.