‘भारतमा बेरोजगारी समस्या बढ्यो’

‘भारतमा बेरोजगारी समस्या बढ्यो’

नयाँ दिल्ली (एजेन्सी) : काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए।

भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उनले दाबी गरे। भने, ‘देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ।’ सम्बोधनका क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्नसमेत गरे। 

उनले सभामा सहभागी दर्शकहरूतर्फ संकेत गर्दै भने, ‘एक किसिमले तपाईं बेरोजगारीबाट प्रभावित हुनुभएको छ यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो। त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन्। नरेन्द्र मोदीले सत्तरी वर्षमा काँग्रेसले के ग¥यो भनेर प्रश्न गर्नुभएको छ। सत्तरी वर्षमा काँग्रेसले देशमा यस्तो मूल्य वृद्धिको आउन दिएको थिएन।’

विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति नदिएको दाबी उनको थियो। ‘किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदाशीन छ,’ उनले भने। सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उनले बताए। ‘हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौं, तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ। त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ। यही कारण काँग्रेस भारत जोडौ यात्रा शुरू गर्दैछ,’ उनले भने, ‘यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्।’ 

राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल र्‍यालीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.