ब्राउन सुगर बरामद गर्न जाँदा १० लाख स्रोत नखुलेको रकम फेला, दुईजना पक्राउ

ब्राउन सुगर बरामद गर्न जाँदा १० लाख स्रोत नखुलेको रकम फेला, दुईजना पक्राउ

झापा : लागुऔषध ब्राउन सुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरू नाताले दाजु बहिनी हुन् । 

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागुऔषध खनतलास गर्न पुगेको थियो।

अप्सराको घरमा लागुऔषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।  

पक्राउ परेका दुवैजनालाई  इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।  यता प्रहरीका अनुसार केही दिनअघि काठमाडौंमा २४० ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी थिइन् । ती महिलाले झापाकी अप्सराबाट ब्राउन सुगर खरिद गरी ल्याएको प्रहरीलाई बयान दिएकी थिइन् । सोही बयानको आधारमा काठमाडौं प्रहरीले झापा प्रहरीलाई अप्सरालाई पक्राउ गर्न पत्राचार गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.