नेकपा माओवादी केन्द्र पाल्पाले सिफारिस गर्यो उम्मेदवार
तानसेन : आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारहरूको सिफारिस गरेको छ।
विभिन्न चरणहरूमा बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नम्बर २ मा अनिल किशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ।
यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती बिक, केशव पौडेल, हिरा थापा, बलु गैरे, अर्जुन कुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ।
यसैगरी प्रदेश सभामा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ 'क' मा कमल भट्टराई सर्वसम्मत सिफारिसमा परेका छन भने 'ख' मा भने दिनेश अर्याल र हुमबहादुर सुनारीलाई सिफारिस गरेको छ।
क्षेत्र नम्बर २ 'क' मा नेत्र प्रसाद पाण्डेको एकल सिफारिस परेको छ भने 'ख' मा बसन्त घर्ती, राजेन्द्र बिक, चक्रब्युह थापा, पुरन केसी, मेघराज आचार्यको नाम सिफारिस भएको छ।
प्रदेश सभा समानुपातिकमा गीता बिक, खुमबहादुर बिक, जानुका घर्ती, केयरसिङ राना, सान्ता शारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्बर भट्टराई हाजिरा खातुन, नवीन ओलि, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम नुना दिसुवा र जगत सुनारी लाई सिफारिस गरेको छ।
प्रतिक्रिया दिनुहोस !