भन्सार छलेको आशंकामा कपडासहित पिकअप नियन्त्रणमा

भन्सार छलेको आशंकामा  कपडासहित पिकअप नियन्त्रणमा

झापा : भन्सार छलेर भित्राएको आशंकामा ३३ पोका कपडासहित दुईवटा पिकअप भ्यान (गाडी) प्रहरीले नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका-८ स्थित पशु हाट डाँडाबाट प्रदेश १-०१-००१ ज ३४३८ नम्बर र मे १ ज २८०४ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप गिरीले जानकारी दिए। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको दुईवटा पिकअप भ्यानमा न्यू कार्की इन्टरप्राइजेज भद्रपुर र कृष्ण स्टोर भद्रपुरको नाममा बिलबिजक रहेको डीएसपी गिरीले बताए। 

मे १ ज २८०४ पिकअपमा १४ पोका र अर्को पिकअपमा १९ पोका कपडा छ। ती पोकाहरूमा सुती सारी, सेडी सारी, सटिङसुटिङ, कोटको कपडा, सुट, बेड कभर लगायतको सामान रहेको छ। 

सामान शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएको बताउँदै डीएसपी गिरीले भने, 'बिलबिजकसँग क्युआर कोर्डको डाटा मिल्दैन, भिसिटीएस पनि शङ्कास्पद देखियो।' शङ्कास्पद कागजात फेला परेपछि राजश्व अनुसन्धानको कर्मचारी बोलाइयो। 

'राजश्वका कर्मचारीले पनि कागजात केलाउँदा शङ्कास्पद भएको जानकारी गरायो, अनि मात्र सामान राजश्वमा बुझाएऔं,' उनले भने।  

२२ लाख ६ हजार मुल्य बरावरको लत्ताकपडा, साढे चार लाखमा पिकअप र चालकहरू दीपक मेचे, दीपक भारतीलाई आवश्यक कारबाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय बुझाएको उनले बताए। 

प्रहरी स्रोतका अनुसार प्रहरीले बरामद गरेको लत्ताकपडा काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राइएको हो। यता राजश्व अनुसन्धान कार्यालयका अधिकृत प्रकाश सुवेदीका अनुसार प्रहरीले राजश्व छलेको आशंकामा लत्ताकपडा बरामद गरी दुई वटा पिकअप बुझाएको छ। 

'लत्ताकपडाको बिलबिजक छ, कार्यालयले त्यस बारेमा अनुसन्धान गर्छ,' अधिकृत सुवेदीले भने, 'अनुसन्धानपछि मात्र राजश्व छली गरेको वा नगरेको प्रमाणित हुन्छ ।'   

यता झापाको दक्षिणी नाकामा तस्करी गतिविधि मौलाएको छ। भारतसँग जोडिएको खुला दक्षिणी नाकाहरू घेरावारि, कुटी, भागुडुब्बा, पन्तपाडा लगायतको क्षेत्रबाट अवैध रुपमा ठुलो परिणाममा चिनी, सुर्ती, लत्ताकपडा नेपाल भित्रिरहेको छ। 

यसै क्रममा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले सो नाकाबाट भन्सार छलेर नेपाल भित्राएको ४० बोरा चिनी बरामद गरेको छ। 

प्रहरीले बाह्रदशी गाउँपालिका- ३ स्थित पशु हाटको खाली सार्वजनिक स्थलमा भण्डारण गरी राखेको अन्दाजी १ लाख ३० हजार मूल्य बराबरको चिनी बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। 

बरामद गरिएको चिनीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.