काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ।

आक्रमणकारी आफैँले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको बताइएको छ।

रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो। मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताए। जादरानले विस्फोटमा एक आत्मघाति आक्रमणकारीको संलग्नता रहेको बताए। उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै पहिचान सुरक्षाकर्मीले गरेको बताए।

जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए। आक्रमणकारीले गोली चलाउनुअघि विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अफगानिस्तानको राजधानी काबुलस्थित रुसी दूतावासको कन्सुलर सेक्सनको प्रवेशद्वार नजिकै विस्फोट भएको र एक अज्ञात लडाकूले विस्फोटक पदार्थ विस्फोट गराएको जानकारी भएको छ।'

तालिवानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन। गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट समूहको स्थानीय सहयोगी समूहले तालिवान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.