क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी

काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध  प्रहरीमा जबरजस्ती करणीको आरोपमा उजुरी परेको छ।

लामिछानेले १७ वर्षीया नाबालिकालाई जबरजस्ती गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ।

लामिछानेले ती किशोरीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगि भदौ ६ गते राति जबरजस्ती गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं- ९ स्थित एक होटलको ३०५ नम्बर कोठामा  लामिछानेले आफूमाथि जबरजस्ती गरेको ती किशोरीको दावी छ।

जाहेरी दर्तासँगै पीडित किशोरीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगि स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.