‘विद्यालय तहबाटै खेल क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ’

‘विद्यालय तहबाटै खेल क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं :  खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार काठमाडौंमा नेपाल भलिबल संघको ९ औं चूनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई विद्यालय तहबाटै नै विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्।

उनले एक विद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालिका एक खेल ग्रामको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिए। त्यस्तै सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरका पूर्वाधार बनाउने योजना सरकारको रहेको बताए।

मन्त्री गहतराजले अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने कामलाई वर्तमान सरकारले दीर्घकालिन रुप दिएको दाबी गरे। भलिबल खेलको विकासका लागि पनि एकतावद्ध भएर काम गर्न उनले संघलाई सुझाव दिए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबलको ठूला अन्तराष्ट्रिय प्रतियोगिताका लागि छुट्टै कवर्ड हल बनाउनका लागि विभिन्न तीन स्थानको अध्ययन भइरहेको जानकारी दिए।

संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ। नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। संघको केन्द्रिय निर्वाचनमा १ सय ३१ जना मतदाता रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.