वीरगन्जमा मधेस विश्वविधालय

वीरगन्जमा मधेस विश्वविधालय

वीरगन्ज : वीरगन्जमा विश्वविद्यालय स्थापना हुनुपर्ने वीरगन्जवासीको झण्डै साढे दुई दशकदेखिको चाहना पूरा भएको छ । मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालयकाो स्थापना गरेसँगै वीरगन्जवासीको त्यो चाहना पूरा भएको हो ।

वीरगन्जमा विश्वविद्यालय स्थापनाका लागि २०५४ सालदेखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै आएका थिए । २०६३ सालमा वीरगन्ज विश्वविधालय स्थापना र सञ्चालनका लागि यहाँका स्थानीय सरकार ,संघसंस्था र शिक्षाप्रेमीले रकम संकलन पनि गरेका थिए । तर, सरकारले अनुमति नदिँदा विश्वविधालय स्थापना र सञ्‍चालन गर्ने वीरगन्जवासीको चाहना पूरा हुन सकेको थिएन । 

अहिले भने मधेस प्रदेश सरकारले वीरगन्जमा मधेस विश्वविधालय स्थापना गरेको हो । बुधबार बेलुकी भव्य कार्यक्रम गरेर मधेस विश्वविधालयको उद्घाटन पनि गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयको उद्घाटन गरेका हुन् ।

वीरगन्जको श्रीपुरस्थित नेशनल ट्रेडिङको भवनमा मधेस विश्वविधालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । विश्वविद्यालयको उपकुलपतिमा वीरगन्जकै प्राध्यापक डाक्टर दिपक शाक्यलाइ नियुक्त गरिएको छ । विश्वविधालयको भवन करिब १ सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति डाक्टर शाक्यले जानकारी दिए । 

शाक्यले भने,‘नेशनल ट्रेडिङको भवनममा विश्वविधालयको कार्यालय मात्रै सञ्‍चालन हुनेछ , भवन निर्माणका लागि करिब १ सय बिघा जग्गा वीरगन्ज आसपासमै खोजी रहेका छौं , जग्गा प्राप्त भएसँगै एकजना दाताले भवन निर्माणका लागि दुई सय करोड रुपैयाँ दान दिन तयार छन् । 

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति शाक्यले वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको २५ वर्ष पहिला देखिको चाहना पूरा भएको बताए । उनले मधेस विश्वविधालयलाई अन्र्तराष्ट्रिय स्तरको नमूना विश्वविधालय बनाइने प्रतिबद्धता जनाए । उनले भने,‘यो विश्वविधालयमा अहिले अन्य विश्वविधालयमा चलिरहेका विषयभन्दा फरक विषयको पढाइने हुनेछ।'

शाक्यले मधेस विश्वविधालयको स्थापना मधेसको शिक्षाको इतिहासमा एउटा कोशे ढुङगा साबित हुने बताए । उनले भने ,‘यो मधेस सरकारको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट काम हो । विश्वविधालय स्थापनाले मधेसको राजनीतिक , सामाजिक , आर्थिक , सांस्कृतिक रुपान्तरणमा ठूलो टेवा पुग्ने जिकिर पनि उनले गरे ।

समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै मधेसका मुख्यमन्त्री लालबाबु राउतले पनि वीरगन्जमा विश्वविधालय स्थापना गर्ने २०५४ साल देखिको वीरगन्ज्वासीको सोच अहिले मधेस सरकारले पुरा गरेको बताए । 
उनले भने,‘आज भन्दा २५ वर्ष पहिले नै वीरगन्जमा एउटा विश्वविधालय हुनुपर्छ भनेर हामी लागेका थियौं , त्यसका लागि अनवरत प्रयास पनि गरयौ तर सफल हुन सकिएन ,अहिले आएर वीरगन्जवासीको त्यो चाहना र सोच मधेस सरकारले पूरा गरेको छ । 

आजको युग विज्ञान र प्रविधिको युग भएकाले मधेस विश्वविधालयलाई विज्ञान र प्राविधिक शिक्षको हबका रुपमा विकास गर्न उनले सुझाव पनि दिए । 

कार्यक्रममा संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगन्जमा विश्वविधालय स्थापनाका लागि साढे दुई दशकदेखि आफूहरुले प्रयास गर्दै आएको भएपनि संघीय सरकारले नसुनेको गुनासो गरे । तर वीरगन्जमा विश्वविधालय स्थापना गर्ने वीरगन्जवासीको चाहना मधेस सरकारले सुनेको भन्दै उनले मधेस सरकार र मुख्यमन्त्री लालबाबु राउतको प्रशंसा गरे । 

यादवले भने ,‘वीरगन्जमा विश्वविधालय स्थापनाका लागि हरेक सरकारसँग हामीले पटक पटक हार गुहार लगायौं , भीख माग्यौं तर हाम्रो आवाज कसैले सुनेन आखिर सुन्यो त आफ्नै मधेस सरकारले , यहाँका मुख्यमन्त्री जीले अनि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जीले । 

मधेस विश्वविधालय स्थापना भएपनि यसलाई राम्रोसँग सञ्‍चालन गर्नका लागि ठूलो चूनौती रहेको पनि उनले बताए । यादवले भने,‘वीरगन्जमा नेपाल सरकारको कुनै लगानी छैन , यहाँको ठाकुरराम क्याम्पस , नारायणी रंगशाला , घण्टाघरलगायतका संरचनाहरु वीरगन्जवासी आफैले बनाएका हुन्, त्यसैले यो मधेस विश्वविधालय पनि अब वीरगन्जवासी आफैले सञ्‍चाल गर्छन् , विश्वविधालयको लागि जग्गा खोज्ने , भवन बनाउने र प्रविधिहरु जडान गर्ने लगायतका सबै काम हामी वीरगन्जवासी आफैले गर्छौं , चिन्ता लिनु पर्दैन ।'

विश्वविधालयको समुद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एवं जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस विश्वविधालयलाइ प्राविधिक जनशक्ति उत्पादन गर्ने नमूना शिक्षण संस्थाको रुपमा विकास गर्न सुझाव दिए ।
यादवले भने,‘विश्वविधालय धेरै छन् , तर घोकन्ते र रटन्ते शिक्षा मात्रै दिने ती विश्वविधालयहरु भन्दा फरक हुनुपर्छ मधेस विश्वविधालय , किन कि अहिलेको युग विज्ञान र प्रविधिको युग हो , यसैलाई मध्यनजर गरेर मधेस विश्वविधालय अगाडि बढ्नु पर्छ ।'

मधेस विश्वविधालयलाई केबल शैक्षिक प्रमाणपत्र बाँड्ने संस्था नबनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक हबको रुपमा सञ्‍चालन गर्न उनले सुझाव दिए । 

समुद्घाटन कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री एंव मधेस विश्वविधालयका कुलपति नवलकिशोर साह , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , विभिन्न विश्वविधालयका उपकुलपति , शिक्षा विदलगायतको पनि सहभागिता थियो।     
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.