नवलपरासीमा तीन ठूला दलबाट १३२ जनाको नाम सिफारिस

नवलपरासीमा तीन ठूला दलबाट १३२ जनाको नाम सिफारिस

परासी : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासीका तीन प्रमुख राजनीतिक दलले १ सय ३२ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन्। 

जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। सिफारिस गर्नेमा सबैभन्दा बढी नेपाली कांग्रेसका ६१ जना छन्। जसमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ २१ जना र दुवै सभाको समानुपातिकतर्फ ४० जना रहेको जिल्ला सचिव कुलदीप आचार्यले बताए। 

एमालेले २८ जनाको नाम सिफारिस गरेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ १३ र दुवै सभाको समानुपातिकतर्फ १५ जना रहेको पार्टी जिल्ला उपसचिव राजनकुमार आचार्यले बताए। 

माओवादी केन्द्रले ४३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ २१ र दुवै सभाको समानुपातिकतर्फ २२ जना छन्। 

नेपाली कांग्रेस : नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ। 

सिफारिस हुनेमा संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव विक्रम खनाल, अर्का संविधा सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोला छन्। 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ। 

जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधान सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचाय र उषा बास्तोला सिफारिस गरिएको छ। 

सो निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल नाम सिफारिस गरिएको छ। प्रदेश सभा (ख) बाट मुकुल कुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ। 

त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ। 

जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ। 

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहादुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ। 

प्रदेश सभा (ख) प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ। 

आकांक्षीहरुको नाम बढी भएपनि विवाद हुने भएपछि जिल्ला समितिले क्षेत्रबाट आएका सबै नाामलाई प्रदेशमा सिफारिस गरेको हो। 

एमाले : नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ लुम्बिनी प्रदेश सभा सदस्य एंव जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरेको छ। 

सो निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा संविधान सभा सदस्य सिन्धु जलेसा, पुण्य प्रसाद पौडेल, रामबहादुर भण्डारी, एकदेव पाण्डे र टुक प्रसाद बस्याल छन्। प्रदेश सभा (ख) बाट दीपकराज शर्माको एकल नाम सिफारिस गरिएको छ। 

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ। 

जसमा लुम्बिनी प्रदेश सभा सदस्य एंव पूर्व प्रदेश मन्त्री बैजनाथ चौधरी, अर्का प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, र श्याम कुमार बस्यालको नाम सिफारिस गरिएको छ। 

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षतर्फ थान प्रसाद गैरे, खडानन्द कोइराला, राजनकुमार आचार्य र विमल बगाले रहेका छन्। प्रदेश सभा (ख) बाट सुमन गोपाल गुर्वाचार्यको एकल नाम सिफारिस गरिएको छ। एमालेले क्षेत्रबाट आएका नामलाई छनौट गरेर प्रदेशमा पठाएको हो। 

माओवादी केन्द्र : माओवादी केन्द्रले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ संविधान सभा सदस्य सीतादेवी बौडेल, रामानन्द यादव र ओमराज अधिकारीलाई सिफारिस गरेको छ। 

निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) प्रत्यक्षतर्फ राजु प्रसाद हरिजन, केयर कुँवर र शुभान अलि अंसारीलाई सिफारिस गरिएको जिल्ला इन्चार्ज घनश्याम यादवले जानकारी दिए। प्रदेश सभा (ख) बाट अमित खडका, सुदामा कोइरी, सुरेन्द्र शर्मा र धीरज त्रिपाठीलाई सिफारिस गरिएको छ। 

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ संविधान सभा सदस्य एंव पूर्वमन्त्री घनश्याम यादव, रामधनी केवट र भेषबहादुर बराललाई सिफारिस गरिएको छ। क्षेत्र नं. २ को प्रदेश सभा(क) को प्रत्यक्षतर्फ भविश्वर तिवारी, गोपी ज्ञवाली, विरबहादुर विक र खडग बस्नेतलाई सिफारिस गरिएको छ। 

प्रदेश सभा (ख) बाट ध्रुव नारायण बनियाँ, धु्रवनाथ पाण्डे, दिनेश यादव र कन्हैया कोहाँरको नाम सिफारिस गरिएको छ। माओवादी केन्द्रले क्षेत्रबाट आएका सबै नामलाई छनौट नगरी प्रदेशमा पठाएको जिल्ला इन्चार्ज यादवले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.