बिनोद चौधरीको नाम सिफारिसले नवलपरासीका कांग्रेस कार्यकर्ता आक्रोशित

बिनोद चौधरीको नाम सिफारिसले नवलपरासीका कांग्रेस कार्यकर्ता आक्रोशित

परासी : उद्योगपति बिनोद चौधरीको नाम उम्मेदवारमा सिफारिस भएपछि नवलपरासीका कांग्रेस कार्यकर्ताहरु जिल्ला नेतृत्वसँग आक्रोशित बनेका छन् । 

क्षेत्रदेखि जिल्ला नेतृत्वले चौधरीको नाम सिफारिस गरेपछि नेताहरुसँग आक्रोशित बनेका कार्यकर्ताहरुले पार्टीले सञ्चालन गरेको ‘जनतासँग कांग्रेस अभियान’मा समेत अवरोध गरेर कार्यक्रम गर्न दिएका थिएनन् ।

चौधरीको नाम पश्चिम नवलपरासीको प्रतिननिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ सिफारिस भएको छ । उक्त निर्वाचन क्षेत्रमा पुराना र त्यागी नेताहरु हुँदाहुँदै बाहिरबाट नाम ल्याएर सिफारिस गरेको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेको सुस्ता गाउँपालिकाका पार्टी सभापति रबिन्द्र जयसवालले बताए ।

 क्षेत्रले उनको नाम सिफारिस गर्न नचाहदा नचाहदै पनि पार्टीका उच्च तहका नेताहरुको दबाबमा नाम पठाइएको कांग्रेस स्रोतले जनाएको छ । त्यस क्षेत्रबाट चौधरीसहित ५ जनाको नाम सिफारिस गरिएको छ । नेताहरुको दबाबपछि क्षेत्र र जिल्लाले उनको नाम पाँचौ नम्बरमा पठाएको छ । चौधरीको निवेदन बर्दघाट निवासी महाधिवेशन प्रतिनिधि उषा बाँस्तोलाले क्षेत्रमा दिएको नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति मुकुल आचार्यले बताए । 

‘कार्यकर्ताहरुले असन्तुष्टि जनाए पनि आएका सबै नाम पठाएका छौं,' आचार्यले भने । पार्टीले सञ्चालन गरेको जनतासँग कांग्रेस अभियान क्षेत्रसम्म गरिएको र वडामा जाने क्रममा चौधरीको नाम सिफारिस भएको जानकारी पाएपछि कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै कार्यक्रममै नआएको जिल्ला सचिव कुलदिप आचार्यले बताए ।

जिल्लामा चौधरीको राजनीतिक भूमिका शून्य रहेकाले उनको उपस्थितिले पार्टीलाई घात हुनसक्ने जिल्ला सभापति अर्जुन कुमार पोखरेलले बताए । ‘चौधरीजी पहिला एमालेको समानुपातिक हुनुभयो । अहिले कांग्रेसबाट समानुपातिक सदस्य हुनुहुन्छ । १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नु भएको छ । उहाँको सिफारिसपछि कार्यकर्तामा असन्तुष्टि छ । बाँकी कुरा केन्द्रले गर्ने हो,'सभापति पोखरेलले भने ।

पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभाको क्षेत्रबाट आएका सबै नामसहित चौधरीको ५ नम्बरमा राखेर पठाइएको पोखरेलले बताए ।

उक्त क्षेत्रबाट जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष एंव पूर्वमन्त्री हृदयेश त्रिपाठी चुनाव लड्दै आएका छन् । २०४८ सालदेखि लगातार भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा निर्वाचन जितेका छन् । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा मात्र त्रिपाठी नेपाली कांग्रेसका देवकरण  जयसवलासँग ६ हजार मतान्तरले पराजित भएका थिए ।

 मंसिर ४ को चुनावमा पनि त्रिपाठी उठ्ने पक्कापक्की छ । एमालेको चुनाव चिन्हबाट चुनाव लडेर प्रतिनिधि सभा निर्वाचन जितेका त्रिपाठीले अहिले पनि एमालेसँग तालमेल गर्ने सोचमा रहेको जप्रपाका कार्यकर्ताहरुले बताएका छन् ।

चौधरीले टिकट पाए त्रिपाठीसँग प्रतिस्पर्धा गर्न उनलाई त्यति सहज छैन । कांग्रेस कार्यकर्ताहरुले नै बाहिरी व्यक्तिलाई नरुचाएपछि स्थानीय भएका कारण त्यसको सहानाभूति त्रिपाठीलाई नै जाने कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । त्यस क्षेत्रमा त्रिपाठीको व्यक्तिगत प्रभाव राम्रो छ ।

चौधरीसँगै त्यस क्षेत्रबाट संविधान सभा सदस्यद्धय खनाल, देवकरण जयसवाल, कुलदीप आचार्य र उषा बाँस्तोलाको नाम सिफारिस गरेको छ । चौधरीको नाम आउनु अघि त्यस क्षेत्रबाट संविधान सभा सदस्यद्धय खनाल र जयसवालबीच नै टिकट ल्याउनेमा प्रतिस्पर्धा रहेको थियो ।

कांग्रेसको जिल्लामा २ गुट छ । संविधा सभा सदस्य एंव पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र पार्टी केन्द्रीय सदस्य एंव निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कँडेलको गुटगत लडाईले चौधरीलाई त्यहाँ ल्याउन खोजिएको कांग्रेस कार्यकर्ताको बुझाइ छ । 

तर, स्थानीय चुनावमा निर्वाचन क्षेत्र नं. १ मा पर्ने सबै ३ वटा पालिकामा कांग्रेसले जितेपछि खनालको गुट झन् बलियो बनेको छ । कांग्रेसको संगठन स्थानीय चुनावपछि झन बलियो भएपछि हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा गर्न सक्ने खनाल नै रहेको अन्य राजनीतिक दलको पनि विश्लेषण छ । 

अर्का संविधान सभा सदस्य देवकरण जयसवाल पनि दाबेदर रहेकाले उनलाई समानुपातिकमा पठाउन जोडबल गरिएको थियो । तर उनी नमानेपछि प्रदेशले प्रतिनिधि सभाको प्रत्यक्षमै सिफारिस गरेको छ  । सिफारिसपछि अहिले चौधरीसँगै खनाल र जयसवाल कस्ले टिकट ल्याउला भन्नेमा कांग्रेससँगै अन्य दलका कार्यकर्ताहरुमा कौतुहल्ता जगाएको छ । 

उद्योगपति चौधरीलाई पूर्वी नवलपरासीका दुईवटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवार आकांक्षीमा पनि सिफारिस गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.