नेपाली सेनाद्वारा सुत्केरीको उद्धार

नेपाली सेनाद्वारा सुत्केरीको उद्धार

डोटी : डोटीमा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। 

जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर-३ घाङ्गलकी ३० वर्षीया विस्ना देवी रोक्कामगरको हेलिकप्टरबाट उद्धार गरिएको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले जानकारी दिए।

सुत्केरीपछि रक्तस्राव हुँदा थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइन हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। 

बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउद, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंह, डोटीस्थित नेपाली सेनाको भैरव प्रसाद गणको पहलमा उनको उद्धार गरिएको हो।

गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा भर्ना भएकी मगरको मृत शिशु जन्मिएलगत्तै अत्यधिक रक्तश्राव भै स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा थप उपचारका लागि सुर्खेत लगिएको बडिकेदार गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरीलाई विभिन्न समयमा नेपाली नेपाली सेनाको हवाई सेवाद्वारा उद्धार गर्ने गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.