रिसिबी साँध्न खुकुरी प्रहार, घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइयो
हेटौंडा : खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका - १२ सिग्रेनी निवासी २६ वर्षीय बिरन घिसिङलाई थप उपचारको लागि काठमाडौंको बीएनबी अस्पताल पठाइएको छ ।
स्थानीय ३८ वर्षीय झोन सागर ब्लोनको प्रहारबाट घाइते भएका घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।
घाइतेको अवस्था गम्भीर भएकाले हेटौंडा अस्पतालले काठमाडौंको बीएनबी अस्पताल रिफर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
घरनजिकै रहेको चौतारामा बसिरहेका घिसिङलाई ब्लोनले आइतबार राति पुरानो रिसिबीको कारण खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घिसिङको बायाँ हातमा गहिरो लागेको छ । खुकुरी प्रहार गर्ने ब्लोनलाई खुकुरी र खुँडासहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।