४३ जना महिलालाई जनै बनाउने तालिम

४३ जना महिलालाई जनै बनाउने तालिम

हेटौंडा : मकवानपुरका ४३ जना महिलाहरुले जनै बनाउने तालिम सुरु गरेका छन्। नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको आयोजनामा हेटौंडामा सात दिने तालिम सुरु भएको हो। 

तालिमपश्चात महिलाहरुले घरमै बसेर सानो लगानीबाट आयआर्जन बढाउनसक्ने महागुठीकी महासचिव गोमा गौतमले बताइन्। तालिमलाई हरिप्रसाद अधिकारी, जगन्नाथ अधिकारी र कृष्णप्रसाद सिलवालले सहजीकरण गरिरहेका छन्। 

सामुदायिक महिला विकास केन्द्रको व्यवस्थापनमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सुरु गरिएको सोही तालिममा जनैसँगै मकैको खोस्टाबाट सजाउन मिल्ने फूल बनाउने सिप पनि सिकाइने उनले बताइन्। 

‘तालिमपश्चात महिलाहरुले सिप सिक्नुहुनेछ। यहाँ सिकेको सिप र सानो लगानीबाट उहाँहरु आत्मनिर्भर बन्नुहुनेछ। उत्पादित सामानले बजार नपाउलाकी भन्ने चिन्ता छैन। हामी आफैँ उहाँहरुको उत्पादनलाई खरिद गर्नेछौं,’ महासचिव गौतमले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.