छोरी अन्माएजस्तै विचार गरेर भोट दिनुस् : राजेन्द्र लिङ्देन

छोरी अन्माएजस्तै विचार गरेर भोट दिनुस् : राजेन्द्र लिङ्देन

स्याङ्जा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत नेता र पार्टीलाई भोट दिए देश बर्वाद हुने बताएका छन्। बुधबार स्याङ्जामा आयोजित बृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोट दिँदा छोरी अन्माएझैँ धेरै सोच विचार गरेर दिनुपर्ने बताए।

‘देशको अवस्था हेर्दा सामान्य देखिन्छ। तर सामान्य छैन,’ उनले भने, ‘तीन दशकदेखि नेपालको राजनीतिमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका नाममा सीमित राजनीतिक पार्टीहरुका सीमित नेताहरुले देश र जनतालाई सिण्डीकेटगरी बन्धक बनाए।’

अध्यक्ष लिङ्देनले सरकार, सरकारजस्तो नभएको र अदालत, अदालतजस्तो र सांसद, सांसदजस्ता नभएको बताए। केही भ्रष्ट नेता र केही भ्रष्ट न्यायाधीशबाट देश चलिरहेको उनको आरोप थियो। चोलेन्द्र शमशेर जबरा महाभियोगका भागिदार हुन कि होइनन् भन्ने कुरा उनका भनाइबाटै प्रष्ट भइरहेको उनले बताए।

उनले आउदो मंसिर ४ मा राप्रपालाई मत माग्दै देश दौदाहामा निस्केको बताउँदै सही पार्टी र उम्मेदवारलाई मत दिई यसपटक राप्रपालाई हेर्न आग्रह गरे। पटक-पटक अरु पार्टीलाई हेरिसकेको बताउँदै यसपटक राप्रपालाई मत दिन उनको आग्रह थियो।

कार्यक्रममा केन्द्रीय सदस्यहरु तोरणबहादुर गुरुङ, हिम्मतजंग कार्की र उदयराज पोखरेल, गण्डकी प्रदेशका पंच गुरुङ, पूर्व उपसचिव मदनबहादुर कार्की, भूतपूर्व सैनिक संघका केन्द्रीय अधयक्ष प्रकाशजंग कार्की, महिला नेतृ छमकला कुँवरलगायतले शुभकामनासहित राप्रपालाई मत दिई विजयी गराउन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.