इलामे जनताले भोट दिनेमा विश्वस्त छु : खनाल

इलामे जनताले भोट दिनेमा विश्वस्त छु : खनाल

इलाम : नेकपा एकीकृत समाजवादी (एस) का बरिष्ठ नेता झलनाथ खनालले इलामका जनताले मत दिनेमा आफू ढुक्क भएको बताएका छन्।  

इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रममा सहभागी हुन् इलाम आएका खनालले कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै मुलुकको प्रगतिका लागि पनि जनताले आफूलाई मतदान गर्ने बताएका हुन् । 

स्थानीय निर्वाचन पछि इलाम क्षेत्र न १ मा गठबन्धनको एक घटक नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई मतदान नगरेको विवादास्पद अभिव्यक्त सञ्चार माध्यममा दिएपछि रुष्ट बनेका कांग्रेस कार्यकर्ताको बारेमा कुनै टिप्पणी नगरेका नेता खनालले इलाम जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने बताए । 

उनले स्थानीय तह र अब हुने निर्वाचन फरक रहेको भन्दै यो निर्वाचनमा गठबन्दन दलका नेता कार्यकर्ता विभाजित नहुने बताए । 

खनालले यसअघि स्थानीय तह निर्वाचनमा कांग्रेस कार्यकर्ताले गठबन्धनलाई धोका दिएको प्रतिकृया दिएका थिए । 

निर्वाचन नजिकिर्दै गर्दा इलाम आइपुगेका उनले भने,' गणतन्त्रका पक्षधर, संविधानका पक्षधर, मुलुकमा स्थायीत्व प्रगतिका पक्षधर र सम्भव हुन्छ भने समाजवादका पक्षधरहरुलाई इलामे जनताले यस निर्वाचनमा सहयोग गर्नुपर्छ ।'

सत्ता गठबन्धनबीच कार्यगत एकता भएकाले कतिपय विषयमा मतभिन्नता हुनु स्वभाविक भएको खनालले बताए । 

खनालले अहिलेको सरकारले कतिपय राम्रो काम गरेपनि सरकारको सबैकाम हेरेर ‘पुरै उज्यालो’भनेर टिप्पणी गर्ने अवस्था नरहेको बताए । प्रतिपक्षीको निरन्तरको अवरोधका कारणले पनि सरकाले काम गर्न नसकेको बताए । 
पाँच वर्ष संसदको भूमिकाबारे बोल्दै खानालले ओली सरकाको पालामा प्रतिपक्ष निदाएर बसेको बताए । खनालले बिहीबार आफ्नो निर्वाचन क्षेत्रका आधादर्जन योजनाको सिलान्यास गर्ने कार्यक्रम रहेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.