मुलुकमै विदेशी डिग्री

मुलुकमै विदेशी डिग्री

आफ्नै देशमा बसेर विदेशी पढाइको अनुभव लिन चाहनेहरूको जमात निकै ठूलो छ हिजोआज। बर्सेनि सयौं विद्यार्थीले अमेरिका, बेलायत, थाइल्यान्ड, मलेसियालगायत विभिन्न मुलुकका पाठ्यक्रम अध्ययनको अवसर पाएका छन्। विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालका केही कलेजहरूमार्फत विद्यार्थीले विदेशी डिग्री लिने आफ्नो सपना साकार पारेका छन्। 

जोरपाटीस्थित नामी कलेजमा सन् २०१४ देखि विद्यार्थीलाई विदेशी पाठ्यक्रम पढाइँदै आएको छ। बेलायतको नर्थाम्प्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा कम्तीमा सात सय विद्यार्थीले ग्र्याजुएसन गरिसकेका कलेजले जनाएको छ। 

प्रशासन तथा बजार व्यवस्थापक देवेन्द्र तिमल्सिनाका अनुसार नामीले अध्यापन गराउने पाठ्यक्रम विश्वका अन्य २९ वटा मुलुकमा पनि पढाइने हुँदा यसलाई ‘ग्लोबल कलेज’ भन्न मिल्छ। अध्ययनपछि विद्यार्थी विश्वका कुनै पनि स्थानमा रोजगारीका लागि सक्षम हुने दाबी उनको छ। उनले भने, ‘गुणस्तरीय शिक्षाका कारण हाम्रा बच्चा बजारमा सेलेबल छन्।’

स्नातक तहको अध्ययन शुल्क  धेरै महँगो नभएको र विदेशी पाठ्यक्रम नेपालमै पढ्न पाइने भएकाले विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ। नामीले बीबीए, एमबीए, नेटवर्किङ इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटिङ, वातावरण विज्ञान, जलवायु तथा वातावरण विज्ञानलगायतका विषयमा अध्ययन गराउँदै आएको छ। 

आगामी जनवरीदेखि बानेश्वरमा पनि कलेजको शाखा खोल्ने तयारी रहेको उनले बताए। बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजले सन् १९९६ मा स्थापनापछि नै आफूले आधुनिक र प्रयोगात्मक शिक्षा दिँदै आएको जनाएको छ। 

कलेजका विद्यार्थी भर्ना विभागका कार्यकारी व्यवस्थापक राजेश बस्नेतले आफ्नो कलेजले बजारको आवश्यकता अनुरूपका जनशक्ति उत्पादन गर्दै आएको दाबी गरे। उनका अनुसार प्रयोगात्मक कोर्सका कारण पढाइ सकाउन्जुल विद्यार्थी आप्mनो खुट्टामा उभिन सक्ने भइसक्छन्। ।

‘यूकेको पाठ्यक्रमले विश्वव्यापी मान्यता पाएको छ। उनीहरूको कोर्स अपडेटेट हुन्छ’ बस्नेतले भने, ‘त्यसैले बजारले खोजेजस्तो जनशक्ति उत्पादन गर्न सजिलो हुन्छ।’ विद्यार्थीलाई विदेशी विश्वविद्यालयको शिक्षा दिए पनि आफ्नै कम्पनी स्थापना गरेर देशमै काम गर्न कलेजले प्रोत्साहन गरिरहेको उनले बताए। कलेजले सूचना प्रविधि, व्यवस्थापनजस्ता विषयका विभिन्न विधामा अध्यापन गराउँदै आएको छ। 

यसै कलेजमा सूचना प्रविधि विषय लिएर स्नातक तह अध्ययन सुरु गरेका भैंसेपाटीका सिजर थापाले नेपालमा बसेर विदेशी कोर्स पढ्न पाउनु राम्रो अवसर भएको बताए। सुरुमा उनको पनि स्नातक गर्न विदेश जाने विचार थियो। पछि उनको मनस्थिति बदलियो। बिदेसिन धेरै पैसा तिर्नु पर्ने, अनेकौं थरिका मापदण्ड पूरा गर्नुपर्ने झन्झटिलो प्रक्रियाले गर्दा उनले इस्लिङ्टन रोजे। ‘विदेशको जस्तो वातावरणमा पढ्न पाएको छु। बाहिरकै कलेजमा पढिरहेछु जस्तो भाइब्स आउँछ।’

कलेजले विद्यार्थीका लागि नयाँ खालका सिकाइका प्लाटफर्म उपलब्ध गराउँदै आएको थापाले बताए। लेक्चर, वर्कसप र ट्युटोरियलले विद्यार्थीलाई सम्बन्धित विषयको बृहत्तर ज्ञान हासिल गर्न सजिलो भएको उनको अनुभव छ। 

त्यसैगरी पर्यटन र होटल व्यवस्थापन विषयमा पढाइ हुने इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी कलेज) ले पनि विद्यार्थीलाई निकै राम्रो अवसर प्रदान गर्दै आएको छ। अस्ट्रियाको साल्जवर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सबाट सम्बन्धन प्राप्त यस कलेजले डिप्लोमा तहसम्म अध्ययन गराउँछ। 

विद्यार्थीलाई होटल व्यवस्थापन र हस्पिटालिटी उद्योगमा स्थापित गराउने कलेजको मुख्य उद्देश्य छ। यस  कलेजमा जोडिनुको अर्थ अन्तर्राष्ट्रिय हस्पिटालिटी उद्योगमा भविष्य बनाउने अवसर पाउने कलेजका सीईओ नरेन्द्र वज्राचार्यले बताए। 

हाम्रो कलेजमा जोडिनुको अर्थ अन्तर्राष्ट्रिय हस्पिटालिटी उद्योगमा भविष्य बनाउने अवसर पाउनु हो। नरेन्द्र वज्राचार्य
 सीईओ, आईएसटी कलेज


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.