स्रोत नखुलेको नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ

स्रोत नखुलेको नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ

झापा : झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित एक महिला पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१३ स्थित तेलीवारि निवासी ४३ वर्षीया भारती राजवंशी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ती महिलालाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। 

प्रहरीले पक्राउ गरी ती महिलालाई उनको घरमा लगेर खानतलासी समेत गरेका थिए। प्रहरीले उनको घरबाट ८ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो। 

यता ब्राउन सुगर र नगदसहित पक्राउ परेको महिलालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको डीएसपी पाठकले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.