समानुपातिकतर्फको बन्दसूची पेस गर्न एकीकृत समाजवादीका नेताहरू आयोगमा
काठमाडौं : नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको बन्द सूची पेस गरेको छ। निर्वाचन आयोगमा समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको हो।
प्रतिनिधिसभाका लागि खस आर्यतर्फ पार्टी उपाध्यक्ष प्रमेश हमाल, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, मधेसी कोटाबाट मधेस प्रदेश अध्यक्ष रामचन्द्र यादव, आदिवासीतर्फ पार्टी उपमहाचिव गंगालाल तुलाधर र दलितर्फ पोलिटव्युरो सदस्य गणेश विकको नाम सिफारिस गरेको छ।
पार्टी उपमहासचिव तुलाधर आयेगमा पुगी बन्दसूची बुझाएका हुन्। उपमहासचिव तुलाधरले लोकतन्त्रमा निर्वाचन उत्सव भएको बताए। अहिलेसम्म २८ दलले बन्दसूची पेस गरेका छन्।