संविधानको मर्म र भावनालाई पालना गरौँ : प्रदेश प्रमुख शर्मा

संविधानको मर्म र भावनालाई पालना गरौँ : प्रदेश प्रमुख शर्मा

हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरस पालना गर्दै कार्यान्वयन गर्नुपर्ने बताएका छन्। 

संविधान दिवस २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पसहित संविधानको मर्म र भावनालाई अक्षरस पालना गर्दै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसका रूपमा स्मरण गर्दै प्राप्त उपलब्धीको रक्षा गर्न सबै जिम्मेवार हुनुपर्ने उनले बताए। 

'नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात गर्दै देशमा संघीय लोकतान्त्रिक  गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रूपमा संविधान दिवस मनाउने गर्दछौं।' शर्माले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ। 

शर्माले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सविधानसभाबाट संविधान पारित भएकामा गौरवबोध गरिएको बताए। 

उनले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली समेत अर्पण गरे।

उनले संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखापरेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता भएकामा जोड दिँदै यस दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन, वचन र कर्मले समर्पित सबैलाई प्रेरणा मिलोस् भनी कामना गरे। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.