समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरुको तामझाम (फोटो फिचर)

समानुपातिकतर्फको बन्दसूची बुझाउन दलहरुको तामझाम (फोटो फिचर)

काठमाडौं : प्रमुख दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका प्रतिनिधिहरु आयोग पुगेर समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन्। 

निर्वाचन आयोगले बन्दसूची बुझाउन आइतबार र सोमबारको दिन तोकेको थियो। बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने नहुने आयोगले जनाएको छ। बन्दसूची बुझाउदै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले अब माहोल निर्वाचनमय भएको बताए। उनले कांग्रेस नयाँ दृष्टिका साथ जनतामा जाने बताए।

त्यस्तै माओवादीका नेता वर्षमान पुनले सत्तागठबन्धनलाई कायम राखी निर्वाचनमा जाने प्रतिबद्धता जनाए। उनले नेपाल समाजावादी पार्टीलाई पनि माओवादीकै चूनाव चिन्हबाट निर्वाचन लड्ने र समानुपातिक सूचीमा पनि सँगै रहेको जानकारी दिए। उनले सूचीमा यसअघि समानुपातीकमा परेका र स्थानीय तहमा निर्वाचनमा उठेकालाई पनि सूचीमा नरहेको बताए।

त्यस्तै एमालेका नेता निरज आचार्यले यसअघि समानुपातिकमा रहेका पुराना कोहीलाई पनि नदोहोर्‍याएको बताए। 

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन्। निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवारमात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ। 

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ। यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिने आयोगले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.