चुनावमा होमियो देश

चुनावमा होमियो देश

काठमाडौं : सोमबार साँझ ८ बजेसम्म निर्वाचन आयोगका कर्मचारीलाई कागजपत्र रुजु गर्ने चटारो थियो। दलका नेताहरू समानुपातिकतर्फको बन्दसूचीको कागजात रुजु गराउने हतारमा देखिन्थे। अन्य दिनभन्दा सोमबार आयोग परिसरको माहौल गुलजारमय थियो। किनभने मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय हो। 

जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामलाई अन्तिमरूप दिन शीर्षस्थ दललाई निकै सकस भएको थियो। त्यसले उनीहरू ४ बजे मात्रै बन्दसूचीका फाइल बोकेर पुगेका थिए। प्रदेशसभातर्फ २ सय २० र प्रतिनिधिसभातर्फ १ सय १० जनाको बन्दसूचीका नामहरू लिएर दलका नेताहरू आयोग पुगेका थिए। 

अन्नपूर्णकर्मी साँझ फर्किंदै गर्दा भेटिएका नेता र आयोगका कर्मचारीहरू भन्दै थिए, ‘आज रातभरिमा पनि काम सकिँदैन होला।’ आयोगमा लागेको भिडले नेपालीको घरमा महान चाड दसैं, दीपाली, छठ मात्रै आउन लागेको होइन् पाँच वर्षमा आउने लोकतान्त्रिक पर्व आवधिक निर्वाचनमा देश होमिसकेको प्रष्ट हुन्थ्यो। 

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्रान गर्दा प्रतिनिधिसभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो। निर्वाचन परिसरमा भेटिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बहुमतका साथ जनताले नेपाली कांग्रेस पार्टीलाई विजयी गराउँछ भन्नेमा हामी विश्वस्त देखिन्थे। उनले चुनाव लोकतान्त्रि पर्व रहेकाले शान्तिपूर्व सबै दललाई प्रतिस्पर्धा गर्न अपिल पनि गरे। 

‘संविधानले परिकल्पना गरेको लोकतान्त्रिक प्रक्रियाभित्र लोकतान्त्रिक संस्कृतिका साथ हामी आफैंले बसेर बनाएको आचारसंहिता इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि हामी सबै पार्टीका साथीहरूलाई अपिल गर्छु।’ चुनाव एउटा लोकतान्त्रिक अभ्यास भएकाले रेसलिङको मैदान बनाउन नहुने उनको तर्क थियो। नेपाली कांग्रेस नयाँ सोचका साथ निर्वाचनमा होमिएको महामन्त्री शर्माले उल्लेख गरे। 

कांग्रेसले पेस गरेको बन्दसूचीमा केन्द्रीय कार्यसमितिका नेताहरू पनि परेका छन्। देशभरी कांग्रेस केन्द्रीय कार्यालयमा ८ सय जनाको नाम सिफारीस भएर आएको थियो। जसमध्य प्रदेशतिर २ सय २० जना र प्रतिनिधिसभा तर्फ १ सय १० गरेर ३ सय ३० जनाको नाम पेस गरेको महामन्त्री शर्माले बताए।

प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेले पनि नयाँ अनुहारलाई समानुपातिकतर्फको बन्द सूचीमा पारेको छ। पार्टीको निर्वाचन विभागको उपप्रमुख निरज आचार्यका अनुसार यसअघि समानुपातिक सूचीमा परेकोहरूलाई नदोहोर्‍याएर बन्दसूची पेस गरिएको छ। प्रदेशसभा र प्रतिनिधिसभाकातर्फ पेस गरिएको सूचीमा धेरै नेतृत्व तहका नेताहरू परेका छन् भने केही शीर्ष तहकैनेताको नाम राखिएको छ।

‘निर्वाचन प्रक्रिया सुरु भएको छ। हामी निर्वाचनलाई शान्तिपूण, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न होस् भन्ने चाहिरहेका छौं’, उपप्रमुख आचार्यले भने । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (डा. बाबुराम भट्टराई) नेतृत्वको पार्टी आउँदो निर्वाचनमा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट लड्ने बताए। हामीले समानुपातिकतर्फ प्रतिनिधिसभाको १ सय १० जना र प्रदेशसभातर्फ २ सय २० जनाको सूची प्रस्तुत गरिएको छ। त्यसमा बाबुराम भट्टराईको नेतृत्वको पार्टीका ५ जना नेताहरूका नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा राखेका छौं’, उनले भने। 

नेकपा एकीकृत समाजवादी पार्तीका उपमहासचिव नेता गंगालाल तुलाधरले लोकतन्त्रको महापर्व निर्वाचन रहेको उल्लेख गरे। जनतालाई आफ्नो नेता चुन्ने अवसरलाई सबैले सम्मान गर्दै चुनावमा आफ्नो मूल्य, मान्यता र विचार लिएर जनतामा जानुपर्नेमा जोड दिए। बन्दसूची पेस गर्न आएका नेता तुलाधर आफै पनि समानुपातिकतर्फ उम्मेदवार बनेका छन्। उनी प्रत्यक्षतर्फ निर्वाचन लड्ने अपेक्षा गरिए पनि समानुपातिकमा बसेका छन्। आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तुलाधरले आफूले प्रत्यक्षतर्फ राजेन्द्र पाण्डेलाई सिट छाडेको बताएका छन्। पाण्डे आफूभन्दा सिनियर र पार्टीमा उपाध्यक्ष पदमा रहेकाले प्रत्यक्षतर्फ उनलाई छाडेको तुलाधरले बताए। पाण्डे हाल बागमती प्रदेशका मुख्यमन्त्रीसमेत छन्। 

नेकपा एसले आदिवासी जनजाति क्लष्टरमा तुलाधरको नाम पहिलो नम्बरमा राखेको छ। त्यस्तै, खस आर्यबाट प्रमेश हमाल, महिलामा सावित्रा भुसाल र मधेसीतर्फ रामचन्द्र यादवको नाम पहिलो नम्बरमा राखेको छ। ​बन्दसूची पेस गर्न आएका नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले निर्वाचन आचारसंहिता दलहरूले उल्लंघन गर्न थालेको बताए। निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको अभियानमा कुनै पनि कमी हुन नदिने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.