राष्ट्रपति विधि र पद्धतिभन्दा बाहिर जानुभयो, राजीनामा दिनैपर्छ : उपेन्द्र यादव

राष्ट्रपति विधि र पद्धतिभन्दा बाहिर जानुभयो, राजीनामा दिनैपर्छ : उपेन्द्र यादव

हेटौंडा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवि भण्डारी गैरसंवैधानिक रुपमा अघि बढिरहेको टिप्पणी गरेका छन् । 

बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसदको दुवै सदनबाट दोस्रोपटक स्वीकृत भइ पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति भण्डारीले  संविधानको धज्जी उडाएको बताए । 

‘विधेयकलाई फेरबदल गर्ने अधिकार केवल संसदको हो । राष्ट्रपतिले पुर्नविचारको लागि संसदमा पठाउन पाउने अधिकार मात्रै संविधानले सुरक्षित गरेको छ । दोस्रोपटक पुनः दुवै सदनबाट स्वीकृत भइसकेको विधेयक प्रमाणीकरण नगरेर, उहाँले संविधान उल्लंघन गर्नुभयो, 'यादवले भने । 

राष्ट्रपतिको कदमले मुलुकमा दुरगामी असर पर्ने उनले बताए । ‘यसैगरी राष्ट्रपति अघि बढ्ने हो भने, भोलि आफूलाई मन नपरेको प्रधानमन्त्री भयो, म सपथ गराउँदिन भन्नुहोला, त्यसकारण यो उहाँको अराजकता हो ।’ यादवले भने, 'राष्ट्रपति र सरकारबीचको टकरावले मुलुकको शान्ति प्रक्रियामासमेत खलल पुर्‍याउँछ।'

उनले राष्ट्रपति भण्डारीले नेकपा एमालेको सामान्य कार्यकर्ताभन्दा माथि उठेर देश र जनताको लागि सोच्न नसकेको आरोप लगाए । ‘उहाँ विधि र पद्धतीभन्दा बाहिर जानुभयो । उहाँले घुँडा टेक्नैपर्छ । या, राजीनामा दिनुपर्छ ,' यादवले भने ।

उनले आफ्नो पार्टी समाजवादी लोकतन्त्र स्थापनाको लागि अघि बढेको बताए । समानता, स्वतन्त्रता र सम्पन्नतासहितको विभेदरहित सुन्दर र समृद्ध नेपाल निर्माण गर्ने एजेण्डा बोकेर आफ्नो दल निर्वाचनमा जाने उनले बताए । 
यादवले हेटौंडामा २५ मिटर सडक विस्तार गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सडक क्षेत्रका घरधनीहरुको पहिचान गरी उचित मुआब्जा दिएर विस्तार कार्य तुरुन्तै प्रारम्भ गर्नुपर्ने उनको भनाइ छ ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.