भक्तपुरमा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुरमा पर्यटक बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

भक्तपुर : भक्तपुरको सूर्यविनायक चोकमा पर्यटक बोक्ने बसले ठक्कर दिंदा एकजना ७२ वर्षीया वृद्धाको मृत्यु भएको छ । 

सूर्यविनायक नगरपालिका वडा नं. ८ सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा. १ प. १५५१ नं. को पर्यटक बोक्ने बसले पैदलयात्री भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी दिलमायालाई उपचारका लागि नजिकैको डा. इवामुरा अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला पहरी परिसर भक्तपुरको सूचना अधिकृत राजु पाण्डेले जनाए । 

साथै ठक्कर दिने सवारी साधन र चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं बालाजु बस्ने  २९ वर्षीय बिनोद कार्कीलाई नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत पाण्डेले जनाए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.