भक्तपुरमा बलात्कारका घटना बढ्दै

भक्तपुरमा बलात्कारका घटना बढ्दै

भक्तपुर : सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गर्‍यो। 

कपिलबस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर थिमि नगरपालिका-२ मगरगाँउ बस्ने ४० वर्षीय राजु नेपालीलाई प्रक्राउ गरेको हो।

बलात्कारकै आरोपमा चार दिनअगाडि असोज २ गते आइतबार १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको थियो। 

दोलखा शैलुङ गाँउपालिका-७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई पक्राउ गरेको थियो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका-१ दूधपाटीमा रहेको मम एण्ड पिज्जा हाउसमा भक्तपुरकै एक विद्यालयमा अध्ययनरत ती बालिकालाई बोलाइएको थियो। 

त्यसपछि उक्त पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको हो। 

परिसरले राखेको तथ्यांकअनुसार भदौ १ देखि असोज ६ गतेसम्म १० वटा बलात्कारका घटना भएका छन्। तीमध्ये बालिकामाथिको बलात्कारका घटना चारवटा छन्। 

तिनीहरू १५, १७, १३, १४ वर्षीया बालिका छन्। यसबाहेक बढीमा ३४ वर्षसम्मका महिलामाथि बलात्कार गरेको तथ्यांक प्रहरीसँग छ। बलात्कृतहरूमध्ये विद्यार्थी, गृहणी, मजदुर, बेरोजगार महिला रहेका छन्। 

बलात्कारमा आरोप लागेको व्यक्तिहरू भने १६ वर्षदेखि ६५ वर्षसम्मका पुरुष छन्। कसैलाई डर त्रास देखाई, कसलाई खाजा खुवाउने बहानामा, कसैलाई ललाई फकाई त कोही सुस्त मनस्थिति भएकालाई बलात्कार गरेको जानकारी प्रहरीले दिएको छ। 

उनीहरूमध्ये कोहीलाई भक्तपुरबाटै त कोहीलाई उपत्यकाका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको तथ्यांक प्रहरीले दिएको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डे विभिन्न कारणले बलात्कारका घटनाहरू भइरहेको बताउँछन्। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.