इलाममा भुटानी शरणार्थी शिविरका गुरुङ हत्या आरोपमा ९ जना पक्राउ

इलाममा भुटानी शरणार्थी शिविरका गुरुङ हत्या आरोपमा ९ जना पक्राउ

इलाम :  इलामको चुलाचुली गाउँपालिकामा दमकस्थित भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
असोज ५ साँझ धारिलो हतियार र ढुङ्गा प्रहार गरी गुरुङको हत्यामा संलग्न रहेको आरोपमा उनीरुलाई प्रहरीले पक्राउ गरेको हो ।

झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमणबाट गुरुङ्गको मृत्यु भएको थियो । अपराधिक पृष्टभूमिका गुरुङलले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरु मिलेर कुटपिट गर्दा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताए ।

धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनीहरुले आफूहरु हत्यामा संलग्न रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाभन्दा ३ दिन अगाडि मृतक एल.बि.भन्ने लालबहादुर गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको क्रममा घटनास्थलमा रगत जस्तो रातो पदार्थ लागेका ढुङगाहरु फेला परेको प्रहरीले जनाएको  छ ।  

घटनापछि झ्याम्ले भन्ने नरेश कुमार याखाले घरबाट लगेको दापसहितको खुकुरी आफ्नै घर पछाडीको खेतमा फालेको र पछि त्यही फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घट्‍नास्थल नजिकै मृतकले चलाउने गरेको १९ प ३७२५ नम्बरको मोटरसाइकल दुबै टायर काटिएर लडाएर फालेको अवस्था फेला परेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.