पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, एक बेपत्ता
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ न्यूरेनीस्थित नागदहमा शुक्रबार अपरान्ह साढे ५ बजे पौडी खेल्न गएका चार जनामध्ये दुई जना बालकको डुबेर मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।
दुई जनाको शव फेला परेको तर पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
हेटौंडा-८ कमाने निवासी चारजना बालक अपराह्न साढे ५ बजेको समयमा पौडी खेल्न नागदहमा गएकोमा तीन जना बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ता भएका दुई जनाको शव फेला पारेको हो।