मेरी आमै
ऋषि र मुनि नि यो पुण्यभूमि
मुस्कुराई गर्छ नि स्वागत आज
योगको धाराले सिञ्चेर नेपाल
सजाउँछौं देश मेरी आमै, सजाउँछौं देश
अमृत बर्सदैशरीरमा बग्छ
भोकतिर्खा हरायो मेरी आमै, भोकतिर्खा हरायो।
स्वर्गको भान नि भैरा’छ आज
गाउँसहरवासीलाई मेरी आमै, गाउँसहरवासीलाई
यी दिव्यआत्मा नि योगध्यानका साथ
रमेका साँच्ची नै मेरी आमै, रमेका साँच्ची नै।
प्राणको रक्षा नि नभएसम्म
शरीर चल्दैन मेरी आमै, शरीर चल्दैन
वर्तनबिना नि जलाउँदा दीप
अवश्य बल्दैन मेरी आमै, अवश्य बल्दैन।
त्यो अष्टचक्र नजगाइकन
प्राणायाम हुँदैन मेरी आमै, प्राणायाम हुँदैन
गुरु है बिना नि गरेको कार्य
सार्थक बन्दैन मेरी आमै, सार्थक बन्दैन।