डोटीमा प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्डकप सुरू

डोटीमा प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्डकप सुरू

डोटी : सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्डकप २०७९ शनिबारदेखि डोटीमा सुरू भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिम बीच भइरहेको छ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पतालडोटीको संयुक्त आयोजनामा संचालन भइरहेको फुटबल प्रतियोगितामा ७ वटा टिम रहेका छन्।

पहिलो चरणका खेलहरू नकआउट सिष्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा कैलाली, डोटी, अछाम, बाजुरा, डडेल्धुरा, उद्योग वाणिज्य संघ, भैरवप्रसाद गणका टिम रहेका छन्।

गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफी र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसीं खड्काले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.