मध्यपुरथिमि वडाव्यापी लिग फुटबल सुरु

मध्यपुरथिमि वडाव्यापी लिग फुटबल सुरु

भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा आजदेखि मध्यपुरथिमि वडाव्यापी लिग फुटबल सुरु भएको छ। नगरपालिकाको आयोजनामा खेल सुरु भएको हो। 

शनिबार भएको उद्घाटन खेलमा वडा नं. १ ले वडा नं. ४ लाई २-० गोल अन्तरले पराजित गरेको छ। वडा नं. १ का लागि जेशन हेका र सविन डंगोलले एकएक गोल गरे। 

वडा नं. १ ले खेलको १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो। वडा नं. ४ का खेलाडीले बल नियन्त्रण गर्ने क्रममा डिबक्सभित्र हातले छेकेपछि रेफ्रिले वडा नं. १ लाई पेनाल्टीको अवसर दिएको थियो। 

वडा नं. १ का १९ नं. जर्सीका जेशनले कुनै गल्ती नगरी वडा नं. ४ का गोलकिपरको दाहिने पोल च्यापेर गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो। वडा नं. ४ का गोलकिपरले पेनाल्टी रोक्ने कुनै अवसर नै पाउन सकेन।

खेलको सुरुवातदेखि बल पोजेशन बढाउँदै लगातार आक्रमण गरेको वडा नं. १ ले दोस्रो हापमा अर्को गोल थप्यो। खेलको ५८ औं मिनेटमा वडा नं. १ का कप्तान समेत रहेका जर्सी नं. १० का सविन डंगोलले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर पारेको हो।

खेलमा त्यस यता कुनै गोल हुन सकेन। अन्ततः वडा नं. १ ले २-० को जितसँगै महत्वपूर्ण तीन अंक बटुलेको छ। खेलको म्यान अफ दि म्याच वडा नं. १ का कप्तान सविन घोषित भए।

लिगमा मध्यपुर थिमिका नौवटा वडाका नौ टोलीको सहभागिता रहेको छ। राउण्ड रोविन लिग अन्तर्गत खेलाइने प्रतियोगितामा प्रत्येक टोलीले आठ खेल र कुल ३६ खेल हुनेछ। लिगमा प्राप्त अंकका आधारमा प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय टोली घोषणा गरिनेछ। 

प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छ। यसैगरी द्वितीय हुनेले एक लाख २५ हजार र तृतीय हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। 

प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ।

प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।

उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रतियोगिताले मध्यपुर थिमिमा दुई दशकअघिको फुटबल क्रेज फर्काउन सफल भएको बताए। 

उनले मध्यपुर थिमिमा फुटबलको उर्वराभुमी हो भन्ने तथ्य यो प्रतियोगिताले पुनः स्थापना गर्ने विश्वास व्यक्त गरे। 

उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलकुद पनि विकासको एउटा मानक भएकाले नगरपालिकाले खेल र खेल क्षेत्रको पूर्वाधार विकासमा अघि बढेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.